Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
December 15, 2023 समाज

सूर्तिजन्य पदार्थको बिक्री नरोक्न उच्च अदालतको अन्तरिम आदेश

By साझासवाल

मङ्सिर २९, काठमाडौं | काठमाडौ महानगरमा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

‘महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ।

काठमाडौं महानगरको सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने जिर्णविरुद्द श्रीराम टोवागो उद्योगले  मुद्दा हालेको थियो।