Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 11, 2024 समाज

बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

By साझासवाल

<p><b>पुस २६, काठमाडौँ | </b>काठमाडौँको बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका-१० घर भई तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी&nbsp; छन् । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।&nbsp;<br></p><p>उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।&nbsp; &nbsp; &nbsp;यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>