२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाईयात्रु आगमन हालसम्मकै बढी

२०८०, २८ पुष शनिबार १०:३४

पुस २८, काठमाडौं | मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।

सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । 

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तरराष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् ।

जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।  

महाप्रबन्धक तिवारीले अन्तरराष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिए । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

सन् २०२३ मा अन्तरराष्ट्रिय उडान अवतरण ३१ हजार चार सय ६० (गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले) वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार नौ सय ४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।

आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ । 

आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले वृद्धि भई तीन हजार ४२६।८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्भने अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् । 

नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो