Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 2, 2024 समाज

रूपेन्देही सिमावाट बर्ष दिनमा १५७ महिला तथा बालबालिकाको उद्दार

By साझासवाल

फागुन १९, भैरहवा | पछिल्लो समय महिला तथा बालबालिकाको बेचविखन नया नयाँ शैलीले हुन थालेपछि उद्वार गर्न चुनौतिपूर्ण रहेको बताएका छन ।

माइती नेपालले मानव बेचविखनविरुद्धका क्षेत्रमा काम गर्दै आएको छ । चेलिबेटी बेचविखन अन्त्य गर्नका लागि र बाह्य मुलुकमा अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश फर्काउने र पुनस्र्थापनाका क्षेत्रमा काम गर्दै आएको संस्थाले जनचेतनाको अभाव, लैंगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा समाजिक कुरीतीहरु, रोजगारीको अभाव, खुल्ला सीमानाका, कानून कार्यान्वयन नहुनु, बसाइँसराई र अवैध ओसारपसार, समन्वय र सहकार्यको कमी, मानव अधिकारमैत्री वातावरण नहुनु, प्रभावकारी अनुगमनको कमी, पीडकलाई राजनीतिक संरक्षण हुनु, पुनस्र्थापनाको उचित व्यवस्था नहुनुजस्ता कारणले मानव बेचविखन, ओसारपसार र हिंसाको घटना हुने गरेको माइती नेपाल, रुपन्देही कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन ।

उनले रुपन्देहीका सीमा क्षेत्रबाट पछिल्लो एक वर्षमा १ सय ५७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको बताइन । र सन् २०२३ को अवधिमा मानवबेचविखन तथा ओसारपसार रोकथाम सम्वन्धी सीमा क्षेत्रमा गरिएको निगरानीका कारण ठूलो संख्यामा उद्धार गर्न सफलता मिलेको उनले भनिन्।

सीमा क्षेत्रमा निगरानी गर्दै विभिन्न बहानामा भारत पुर्याइँदै गरेका महिलाहरुलाई रुपन्देहीका विभिन्न नाकाबाट उद्धार गरिएको छ उनका अनुसार सन् २०२३ मा भारतका विभिन्न स्थानबाट थप ४ जना महिलाहरुको उद्धार गरिएको हो । यस्तै, तेस्रो मुलुक (कुवेत)बाट १ जना महिलाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

‘यो अवधिमा हामीले एउटा मानव वेचविखनविरुद्धको मुद्दासमेत दर्ता गरेका छौं’, क्षेत्रीले भनिन्, ‘सीमा क्षेत्रमा सचेतनामूलक पर्चापम्पलेट वितरण, परामर्श लगायतका काम पनि निरन्तर चलाइरहेका छौं ।’ क्षेत्रीका अनुसार सीमा क्षेत्रमा एक वर्षमा ७ हजार २५८ जनालाई मानवबेचविखन सम्बन्धी परामर्श दिइएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमा रहेको केन्द्रबाट १ हजार २७८ जनालाई परामर्श दिइएको छ ।

‘यो अवधिमा ३ हजार ४९५ जनालाई प्रर्चापम्प्लेट वितरण पनि गरिएको छ’, उनले भनिन्, ‘कहाँ जाने हो भन्ने थाहा पनि नभएका, अपरिचित व्यक्तिसँग जाँदै गरेका, साथमा एक रुपैयाँ पनि नहुँदासमेत भारत जान खोज्नेहरु, भारतमा अवैधानिक क्रियाकलापमा संलग्न गराउन लैजाँदै गरेका महिला दिदीबहिनीहरुलाई हामीले सीमा क्षेत्रबाट उद्धार र परामर्श गरिरहेका छौं ।’ उनका अनुसार खोजतलास सम्वन्धी निवेदन ३९ वटा संस्थामा आएको र यसमध्ये १९ जना फेला परेका छन् ।

संस्थामा घरेलु हिंसा सम्वन्धी निवेदन १६ वटा परेका छन् । संस्थाले महिलाहरुको समस्याबारे बुझ्न ४ हजार २६ वटा सार्वनिक यातायात चेकजाँच समेत गरेको छ । कार्यक्रम संयोजक क्षेत्रीका अनुसार उद्धार गरिएकाहरुलाई कोहीलाई लामो समय संस्थामै संरक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ भने केहीलाई तत्कालै परिवारको जिम्मा लगाइएको छ । केही अझै संस्थाको संरक्षणमा छन् ।

क्षेत्रीका अनुसार उद्धार गरिएकाहरुमा भारतमा लगेर यौनजन्य अवैधानिक क्रियाकलापमा लगाइएका, हिंसामा पारिएका र बेचिएका महिलाहरु छन् । भारतबाट उद्धार गर्न त्यहाँका संघसंस्थाले समेत सहयोग गर्दै आइरहेका छन् । ‘भारत जानेहरु धेरैजना हिंसामा पर्ने, बेचिने, यौनजन्य क्रियाकलापमा लगाइने गरेको हाम्रो विगतको तथ्यांकले पनि देखाउने गरेको छ । यसैकारण हामीले उद्धार गरेका हौं’, उनले भनिन् ।