<p><img src="http://sajhasabal.com/uploads/posts/ce92339ca6a6c06194419af75388c4d41487065510.jpg" style="width: 600px; float: left;"><b>फागुन ३, काठमाडौँ |</b> राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । <br></p><p>आज जोरपाटीको चार्ल्स डार्विन स्कुलमा आयोजित पत्रकार सम्मेलनमा ३० भन्दा बढी बिद्यालयले सहभागीता जनाउने आयोजक स्कुलका अध्यक्ष अजय ढकालले बताए । निसान र चार्ल्स डार्विन स्कुलले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बिजेतालाई मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिने चार्ल्स डार्विन स्कुलका प्रधानाध्यापक रामेश्वर चौलागाईंले बताए । </p><p>कार्यक्रममा निसानका केन्द्रीय अध्यक्ष ओमप्रसाद ढकाल र निसानका महासचिव सौर्य आचार्यको समेत उपस्तिथि रहेको थियो । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिईएको थियो ।</p>
निसानले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता गर्ने
