Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सरकारद्वारा निःशुल्क मृगौला प्रत्यारोपण सुरु, दुई जनाले शल्यक्रिया गरे

By साझासवाल

<p>बैशाख ५, काठमाडौं | सरकारले निःशुल्क मृगौला प्रत्यारोपण सुरु गरेपछी सो सेवा अन्तर्गत २ जनाको सल्यकृया ले लिएका छन् &nbsp; ।<br></p><p>मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा भएका २ शल्यकृयामा पोखराका ३० वर्षीय दीपक गुरुङ र काठमाडौँ नाग्लेभारेकि २६ वर्षीया लक्ष्मी ढकालले निःशुल्क मृगौला प्रत्यारोपण गराएका हुन् । दिपकलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्गले मृगौला दान गरेकी थिइन् । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरसंगै त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा पनि निःशुल्क मृगौला प्रत्यारोपण सुरु हुँदैछ । सरकारले २०७४ को सुरुवातसंगै निशुल्क मृगौला प्रत्यारोपणको सुरुवात गरेको हो ।&nbsp;</p><p>सरकारले अस्पताललाई एक जनामा मृगौला प्रत्यारोपण गरेबापत ४ लाख रुपयाँ दिन्छ भने प्रत्यारोपण भएका बिरामीलाई औषधि सेवन गर्न १ बर्षको लागि १ लाख समेत दिनेछ । साथै&nbsp;निःशुल्क प्रत्यारोपनको सेवा लिनेलाई मृगौलाको क्रश म्याचिङ्गका लागि थप ५० हजार रुपैयाँ दिने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।</p>