बैशाख १३, काठमाडौँ | गत सनिबार काठमाडौँको बुढानिलकण्ठस्थित मन्दिर परिसरमा एउटा भब्य कार्यक्रम सम्पन्न भयो । बुढानिलकण्ठ माविका एसएलसी २०४७ का पुर्व बिद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रमको उध्यस्य थियो 'बुढानिलकण्ठस्थित सबैभन्दा पहिलो पटक बिभिन्न विधामा सफल व्यक्तित्वको परिचय सहितको नागरिक अभिनन्दन तथा सम्मान ।

अरु बेलामा सामान्य कार्यक्रम हुने उक्त स्थानमा त्यो दिन निकै चहलपहल देखिन सकिन्थ्यो । बिभिन्न झाँकी सहित बिभिन्न तह-तप्कामा कार्यरत स्थानीय, महिला समुह, बिद्यार्थी सहितको उपस्थितिमा सनिबार बुढानिलकण्ठकै एतिहासिक र्याली कार्यक्रम समेत भयो ।

यो कार्यक्रमको अध्यक्षमा सुदर्शन पौडेल, सचिबमा राजाराम लगायत बुढानिलकण्ठबाट २०४७ सालमा एसएलसी दिएकाहरुले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

उपराष्ट्रपतिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष भविस्वर पराजुली, कार्यक्रम आयोजनामा सक्रिय भूमिका खेलेका नवराज भण्डारी लगायतबुढानिलकण्ठ क्षेत्रमा समाजसेवी तथा बिभिन्न महिला समुहका प्रतिनिधि तथा शैक्षिक संस्थाका बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति नन्द किशोर पुनको हातबाट बुढानिलकण्ठबाट बिभिन्न विधामा पहिलो बनेका निम्न व्यक्तिहरुले सम्मान ग्रहण गरेका थिए ।

१. पहिलो एसएलसी पास – अर्जुन बहादुर देउजा खत्री

२. पहिलो शिक्षक – दामोदर प्रसाद भण्डारी

३. पहिलो प्रधानाध्यापक – बेद बहादुर खड्का

४. पहिलो निजि बिद्यालय प्रमुख – राधेश्याम श्रेष्ठ

५. पहिलो क्याम्पस प्रमुख – दिपक कार्की

६. पहिलो नीजि क्याम्पस प्रमुख – श्याम मल्ल ठकुरी

७. पहिलो नेपाल सरकारको अधिकृत – मोहन सिंह खड्का

८. पहिलो स्नातकोत्तर – मोहन सिंह खड्का

९. पहिलो मेडिकल डाक्टर – सानोभाई भड्का

१०. पहिलो नर्स – बिमला थापा खड्का

११. पहिलो इन्जिनियर – रामभक्त कार्की

१२. पहिलो हवाईजहाज चालक – लिवर्टी भण्डारी

१३. पहिलो हेलिकप्टर चालक – सुरेन्द्र पौडेल

१४. पहिलो खेलाडी – अर्जुन बहादुर केसी

१५. पहिलो पण्डित – अच्युत प्रसाद रेग्मी

१६. पहिलो सशस्त्र प्रहरी उपरीक्षक – राजु अधिकारी

१७. पहिलो छापा पत्रकार – श्रीष भण्डारी

१८. पहिलो टिभी पत्रकार – सुरेन्द्र पौडेल

१९. जेष्ट नागरिक – खड्क बहादुर खड्का (१०० बर्ष)

बुढानिलकण्ठमा एतिहासिक र्याली तथा सम्मान कार्यक्रम सम्पन्न