Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एसईई पूरक परीक्षा साउन १९ देखि (परीक्षा तालिकासहित)

By kit

असार ३, काठमाडौं । एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गतेदेखि सञ्चालन हुने भएको छ ।

नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि २६ गतेसम्म पूरक परीक्षा सुरु गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालयमा साउन १० गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

कार्यालयले सार्बजनिक गरेको तालिका अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ ।

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ: अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।