फागुन २२, काठमाडौँ । दलित भएको भन्दै दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुव्र्यवहार गरिएको छ । उनीहरुले भाडामा लिएको कोठाबाटै निकालिएको छ ।

इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिएका हुन् ।

मंगलबार घटनाबारे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको प्रहरीको जाने जान लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा पत्रकार विक्रम सुनारले घर मालिक गौतम दम्पतीले दुई कोठाको आफूहरुले कोठाको अग्रिम दिएर कोठा सर्ने बेला अरुलाई नै दिनुको साथै आफूहरुमाथि दुव्र्यवहार गरेको बताए । “दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी त्यही पनि तयार भयौं । भाडास्वरुप अग्रिम २५ सय दिएका थियौं । सर्ने दिनमा त अरुनै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिदैनौं भन्दै उल्टै दुव्र्यवहार गरियो” विश्कर्माले पत्रकार सम्मेलनमा भने । फागुन ५ गते कोठा आफूहरुले लिगेको र २० गते सर्नेबेला अरुलाई दिइसकेको उनले बताए ।

कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुव्र्यवहार भएको बताउँदै दलित जातीय छुवाछुत तथा कशुर सजाय ऐन २०६८ अनुसार घर मालिक गौतम दम्पतीलाई कारवाहीको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा दलित अगुवा तथा अभियान्ता सरु सुनारले राजधानीमै दलित भएकै कारण पत्रकारमाथि दुव्र्यवहार हुनु चिन्ताको विषय भएको बताइन् । उनले पीडित पत्रकारलाई न्यायको लागि आफूहरु कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिइन् । आजै तीनकुनेस्थित प्रहरी वृतमा उजुरी दिने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दलित भएको भन्दै घर मालिकले पत्रकारलाई कोठाबाटै निकालिदिएपछी…