२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निरन्तर दलित अधिकारको पक्षमा चमेली परियार

२०७५, २५ जेष्ठ शुक्रबार ०९:१२

जेठ २५, काठमाडौँ | नेपालमा जातीय छुवाछूत कानूनमा हटेको लामै समय भयो तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन । 

सामाजिक तथा सांस्कृतिक परिवेशका कारण पनि एकैपटक विभेद् हट्न सक्दैन पनि । त्यसका लागि ठूलै परिवर्तनको जरुरी पर्दछ । संविधानले त जातीय विभेद्लाई दण्डनीय अपराध नै मानेको छ । 

तर हरेक जो दिन माथिल्लो र तल्लो जातिको नाममा विभेद् भएको समाचार आएकै छन् । काभ्रेकी लक्ष्मी परियार समाजकै शिक्षित भनिने व्यक्तिबाट प्रताडित भइन् । 

यस्तै यही जेठ १९ गते कालिकोटको नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य मना सार्कीलाई दलित भएकै कारण आक्रमण भएको छ । आक्रमणको कारण उहाँको निधन भएको समाचार सार्वजनिक भएको छ । तराई–मधेशमा सार्वजनिक कुवा, इनारसमेत प्रयोग गर्न नदिने अवस्था छ । 

कानूनले बर्जित गरेका माथिल्लो र तल्लो जातको व्यवहार समाजबाट नहटेको बेला दलित महिला अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएकी प्रतिनिधि पात्र हुनुुहुन्छ । चमेली खाती दर्जी, दलित, असहाय, गरीब महिलालाई गरिने विभेद्का विरुद्ध निरन्तर लागिरहने उहाँलाई आम मान्छेले चमेली परियारको नामले चिन्छन् । 

‘विभेद्मा पर्नेमा होइन, विभेद् गर्नेमा चेतनाको स्तर वृद्धि हुन जरुरी छ,’ उहाँ भन्नुहुन्छ, “दलित महिलाको सशक्तीकरणका लागि शैक्षिक, आर्थिक र राजनीतिक रुपमै बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।” 

खाती दलित महिला संघकी संस्थापक अध्यक्ष हुनुहुन्छ । बागलुङको गलकोटमा ३४ वर्षअघि जन्मनु भएकी खाती आफँैले पनि धेरै विभेद्को जाँतोमा पिसिनुप¥यो । 

गलकोटको जनहित माविमा उहाँ ६ कक्षामा पढ्दा सबै विद्यार्थी मिलेर पानी खाने घैंटो किन्न रकम संकलन गरे । विद्यालयमा घैंटो आइपुग्यो । जातका कारण घैंटोको पानी समेत खान नपाएको तीतो स्मरण पनि छ उहाँसँग । 

गाउँघरमा ठूला जाति भनिएकाले दलितले छोएको नखाने, दलितलाई घरभित्र प्रवेश नदिने घटना सामान्य नै हुन् । तर ती विषयलाई कानूनले दण्डनीय अपराध मानेको छ । 

“विद्यालयभित्रै विभेद् हुँदा भने मेरो मन नराम्ररी दुख्यो । त्यसै बेलादेखि विभेदका विरुद्ध लाग्ने प्रण गरें” उहाँले भन्नुभयो । 

उच्च शिक्षा पढ्न पृथ्वीनारायण क्याम्पस पुगेपछि विभेद्विरुद्धको संघर्ष थप फराकिलो बन्ने अवसर पायो । क्याम्पसमा दलित विद्यार्थी संघ स्थापना भयो । उहाँ त्यसमा आवद्ध हुनुभयो । 

जागरण मिडिया सेन्टरले पोखरामा एक साताको पत्रकारिता तालीम दियो । पत्रकारितामार्फत विभेद्को विरुद्ध जनचेतना फैलाउन सजिलो हुने उहाँले ठान्नुभयो । कास्कीका केही सञ्चार माध्यममा समेत उहाँले काम गर्नुभयो । 

पहिलो संविधानसभाको निर्वाचनताका उहाँले दलित महिला संघ(फेडो)मा रहेर दलित महिलालाई संगठित गर्ने अभियानमा लाग्नुभयो । हाल सो संघमा कास्कीका मात्रै ६ सय साधारण सदस्य, ८० सक्रिय सदस्य नौ जनाको कार्यसमिति कार्यरुत छ । 

सोही संस्थाले कास्को पोखरामा अदृश्य रुपमा फैलिँदै गएको यौन व्यवसायको बारेमा सुक्षम अध्ययन ग¥यो । अध्ययनका क्रममा थुप्रै अप्ठयारो भोगेको अनुभव उहाँसँग छ । पोखरामा कम उमेरका र बाध्यतामा परेर यौन व्यवसायमा लागेको प्रतिवेदन अध्ययन टोलीले तयार ग¥यो । 

पोखराका केही होटलले यौन व्यवसाय हुने गरेको तथ्य प्रतिवेदनमा आंैल्याइएको थियो । उक्त प्रतिवेदन सार्वजनिक नगर्न चमेली र उहाँको संस्थाले बारम्बार धम्की व्यहोर्नुप¥यो । धम्कीका बाबजुद संस्थाले प्रतिवेदन सार्वजनिक गरेको उहाँ स्मरण गर्नुुहुन्छ । 

एक स्थानीय संस्थाको सहकार्यमा उहाँको संस्थाले मानव बेचबिखनको अवस्था अध्ययन गरेको थियो । सोही प्रतिवेदनलाई आधार मानेर समाज कल्याण मन्त्रालयले राम्रो कार्य गरको भन्दै पुरस्कृत समेत ग¥यो । 

पोखराको रेडियो जननीले सामाजिक समावेशी क्षेत्रमा उनको योगदानको कदर गर्दै राष्ट्रियस्तरको जननी सम्मान २०७३ प्रदान ग¥यो । 

परिवारले छोरीमान्छे घरबाहिर डुल्नु हुँदैन भन्थे । उहाँकै बुबा र दाइविरुद्ध उनले त्यसबेलै विद्रोह बोलेको सुनाउनुहुन्छ खाती । 

पाइलापाइलामा दलित र महिलामाथि हुने विभेद्को एक भुक्तभोगी म आफैं हुँ । आफूले भोगेको विभेद् अरुले नभोगुन भनेर निरन्तर दलित महिला अधिकारको पक्षमा क्रियाशील रहेको उहाँको भनाइ छ । “सामाजिक रुपमा नै सचेत नभइकन सहजै रुपमा विभेद् हट्न सम्भव छैन, तर हिम्मत हारेको छैन” उहाँले भन्नुभयो । 

कास्कीको स्थानीय शान्ति समितिमा रहेर द्वन्द्वबाट प्रभावित महिला र बालबालिकाको पक्षमा काम गरेको भन्दै प्रशंसा गर्नुहुन्छ प्रतिनिधिसभा सदस्य दुर्गा विक । ‘एउटा सशक्त महिला अधिकारकर्मी हुनुहुन्छ–चमेली । उहाँको साहस साच्चै अनुकरणीय रहेको छ’ सांसद विक भन्नुहुन्छ । 

“समाजमा राजनीतिक परिवर्तन भए पनि सामाजिक र सांस्कृतिक परिवर्तन नभएकोमा खिन्न मान्नुहुन्छ खाती । समाजकै शिक्षित भनिएकाको मानसिकतामा नै दलितलाई हेप्नुपर्छ भन्ने मान्यता रहेको उहाँको गुनासो छ । दुर्गा भन्नुहुन्छ– “पहिले तपाई भनेर सम्बोधन गर्नेहरु नाम थर सोधिसकेपछि ‘तिमी’मा झर्छन् । यो पनि विभेद्को एउटा रुप हो ।” 

मानिसको चेतना स्तर नबढाउँदासम्म समाज परिवर्तनको विषय केवल नारा मात्रै बन्छ । ‘तर समाज परिवर्तनको महाअभियानबाट भाग्ने छुट हामीलाई छैन’ आशावादी हुनुहुन्छ खाती ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु