Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गंगामायाको जीवनरक्षाका लागि धर्ना

By kit

असार ३, काठमाडौँ | गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो अभियानले आज अनसनरत गंगामायाको जीवनरक्षा गर्नुपर्र्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्नेे माग गर्दै धर्ना दिएको हो ।

द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले न्यायका लागि अनसनरत गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन धर्ना बसेको जानकारी दिनुभयो ।

धर्नामा मानव अधिकारकर्मीहरु चरण प्रसार्इं, कनकमणि दीक्षित, प्राध्यापक संघका अध्यक्ष रामेश्वर अधिकारीलगायत मानव अधिकारकर्मीको उपस्थिति थियो ।

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उहाँको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रासस