भदौ ८,कञ्चनपुर। बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर शनी खुनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट छन् । घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ ।
निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो । नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।