Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

निर्मलाको बलात्कारपछि हत्या गरें भन्दै स्वीकार गरेको भदौ ७ को गोप्य भिडियो सार्वजनिक

By साझासवाल

असोज १८, काठमाडौं । गत साउन १२ गते बलात्कारपछि निर्मम हत्या गरिएको अवस्थामा भेटिएको कञ्चनपुरकी निर्मला पन्तको हत्याको आरोप लागेर जेल समेत परेका दिलिपसिंह बिष्टले निर्मलाको हत्या गरेको स्वीकार गरेको भिडियो भाइरल बनेको छ ।

कञ्चनपुर प्रहरीले दोषी भनी सार्वजनिक गरेका दिलिपसिंह बिष्ट डिएनए समेत नमिलेको अवस्थामा उनले नै हत्या गरेको भन्ने भिडियोले कञ्चनपुर घटनामा थप आशंका पैदा गराएको छ । उक्त भिडियो कहाँ रेकर्ड गरिएको र के कारण सार्वजनिक गरिएको भन्नेबारे भने बिभिन्न शंका पैदा भएको छ । जिल्ला अदालतबाट निर्दोष साबित भएर छुटिसकेका विष्टलाई धम्काएर उक्त भिडियो रेकर्ड गर्न खोजिएको भन्ने आशंका भएको अवस्थामा दिलिप सिङ विष्टका दाइले भाईलाई सिकाएर त्यस्तो भन्न लगाएको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोमा दिलिप सिंह बिष्टले आफुले नै बलात्कार गरेर हत्या गरेको बताएका छन् । उनलाई बयानका क्रममा सोध्दा निर्मलाले साइकलको चेन बनाउन आग्रह गरेको र त्यहि क्रममा आफ्नो मनमा पाप जागेको दिलिप सिङ विष्टले भिडियोमा बताएका छन् । भिडियोमा बताइएको अनुसार निर्मलासँग विष्टले यौन प्रस्ताव राखेको तर नमानेपछी जबर्जस्ति समातेर साइकल खोलामा फालिदिएको र अलि पर उखुबारीमा लगेर बलात्कार गरेको बताएका छन् । हत्यापछि निर्मलाको गोजीबाट २० रुपयाँ निकालेर गुट्का खाएको समेत भिडियोमा भनेका छन् ।

उक्त भिडियो अनुसार उक्त वयान भदौ ७ गते गरिएको थियो । उक्त भिडियो यस अघि किन सार्वजनिक भएन ? यसरी बयान नै लिएर लिखित रुपमै आफूले हत्या गरेको बताईरहँदा प्रहरीले उनीसंगको भिडियो र लिखित किन सार्वजनिक गरेन ? भिडियो भाइरल बनेपछि यस बिषयमा अधिकांशले पैसाको खेल भनेर प्रतिक्रिया जनाएका छन् । लिखित गर्ने क्रममा बिष्टले मिति लेख्न हड्बढाएका जस्तो गरेका छन् । उनले असोजको गन्ति गर्दै गर्दा बयान लिनेले आज भदौ ७ भन्दै गरेको कुराले उक्त बयान भदौमा लिईएको हो वा असोजमा भन्नेमै शंका उब्जिएको छ ।