Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

विमानस्थलबाट अवैध सुनसहित ३ जना पक्राउ

By kit

<p>कात्तिक २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको सुनसहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई करिब २ सय ९९ ग्रामको सुनको सिक्रीसहित पक्राउ गरिएको हो |<br></p><p>विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।&nbsp;</p><p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।&nbsp;</p>