Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन अवतरण गर्न नसकेपछी आकासमै फनफनी

By साझासवाल

माघ १३, काठमाडौँ | काठमाडौं उपत्यकामा मौषम खरावीको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान तथा अवतरण आइतबार बिहानैदेखि बन्द भए ।

काठमाडौँ स्थित नेपालजको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल केहि घण्टा बन्द हुँदा विदेशबाट आएका केहि बिमानहरु मात्र अवतरण भए भने आन्तरिक विमानहरु भने मौषम खुल्ने आशामा आकासमै घुमिरहेका देखिए ।

मौषमका कारण आकासमा भिजिबिलिटी निकै कम भएको कारण विमानस्थलमा केहि घण्टा विमान अवतरणको लागि स्वीकृति नदीईएको विमानस्थलले जनाएको छ । आइतबार बिहानैदेखि मौषमका कारण बाक्लो हुस्सु लागेकाले भिजिबिलिटी अत्यन्त कम हुँदा विमान अवतरण हुन नसकेका हुन् । अहिले घाम लाग्दै गएपछी हुस्सु हट्न थालेपछी भिजिवलिटि पनि बढेको छ, जसको कारण भिजिवलिटि क्षेमता अनुसार केहि बिमानहरु अवतरण गर्न स्वीकृति दिईएको छ ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तर्राष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको जानकारी दिए । भण्डारीका अनुसार एक हजार भिजिबिलिटीमा हेलिकोप्टरले मात्र उडान भर्न सक्छन् । जहाजको प्रकृति हेरि सानो जहाजलाई १६ सय देखि ३२ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक हुन्छ । नेपालका आन्तरिक उडान अन्तर्गत साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिने हुँदा आज बिहान आन्तरिक जहाजले उडान भर्न सकेनन् ।