२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो रहस्य…

२०७६, २९ बैशाख आईतवार १६:१८

नारायण ढुङ्गाना,वैशाख २९, काठमाडौँ । भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो ।

सर्वाेच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसाय सुनेपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारी झस्किए । कतै यो नेपाली ठग्न आएको त हैन ? भन्ने लागेर तत्कालै प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा विशेष टोली बनाइ अनुसन्धानमा खटियो । खास कुरा पत्ता लगाउन प्रहरी टोली सादा पोशाकमा ग्राहक बनेर उक्त सेमिनारमा सहभागि भयो ।

सेमिनारको तेस्रो दिन वैशाख २७ गते कार्यक्रम समापनमा पैसाको चलखेल हुन्छ भन्ने निष्कर्षका साथ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को समेत सहयोग लिएर परिसरले त्यहीअनुसारको तयारी गरेको थियो । तर पैसा फेला नपारे पनि परिसरको टोलीले अवैधधन्दा चलेको पत्ता पायो । सोही रात १० बजे उक्त व्यवसायमा संलग्न रहेका १२ भारतीय नियन्त्रणमा लिन सफल भयो । त्यतिबेला प्रहरीले राष्ट्र बैंक र राजस्व अनुसन्धानका अधिकारीलाई समेत सहभागी गरायो ।

“फाइभस्टार जस्तो होटलमा नेटवर्किङ व्यवसायका विषयमा केही भारतीयले प्रस्तुति दिँदै छन्, नेपाली पनि सहभागी छन् भन्ने जानकारी आएपछि हामी ग्राहक बनेर गएको थियौँ, हामीलाई पनि उनीहरुले प्रलोभन देखाएर लगानी गर्न आग्रह गरे”, घटनाबारे बोगटीले भन्नुभयो । “मैले ७५ लाख कमिसन पाइसकेँ ग्राण्डी हस्पिटल पछाडि घर बन्दै छ, तपाई पनि लगानी गर्नुहोस्,  एक वर्षमा यसको दोब्बर हुन्छ, मैले पनि एकएक करोड लगानी गर्ने १० जना व्यवसायी बनाइसकेकी छु”, एक नेपाली महिला आएर बोगटीलाई प्रलोभनमा पार्न खोजिन् । सबै कुरा जानकारी लिएपछि कैफियत छ भन्ने निष्कर्षका साथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेटवर्किङमार्फत करोडौँ रुपैयाँ अवैधरुपमा विदेश गइरहेको र नेपाली प्रत्यक्षरुपमा ठगीइरहेको प्रहरीको ठम्याइ छ । 

अवैध व्यवसायका मुख्य व्यक्ति भारतका ४३ वर्षीय रसिद नसिम हुन् । “मेरो शाइन ग्रुप भनेको विश्व प्रसिद्ध कम्पनी हो, यसको मुख्य कार्यालय दुवइमा छ, यसले हाउजिङ, सुन र विदेशी विनिमयमा लगानी गर्छ, त्यसमा एक हजार २५० डलर लगानी गरे त्यती नै रकम बैंक खातामा आउँछ”, यस्तैयस्तै भनेर उसले नेपालीलाई लोभ्याएको थियो । 

महीनामा अरु सदस्य थपेमा थप कमिसनसमेत आउँने, ग्राहक थप्दै रु एक करोड बनाएमा त्यो कम्पनीको अध्यक्ष बन्न पनि सकिने भनेर नेपालीलाई फकाइरहेका उसले शाइन ग्रुपको शाखा सिंगापुर, लखनउ, मौरिससलगायत विभिन्न ठाउँमा रहेकोसमेत बताएको खुल्न आएको छ ।   

उसको प्रलोभनमा धेरै नेपाली फसिसकेको पाइएको प्रहरीको भनाइ छ । अच्चम्मको कुरो त भारतमा बसिरहेका एक नेपालीले आफ्ना परिवारलाई फोन गरेर जिमेल आइडी खोली लगानी गर्नसमेत भनेका थिए । उनले श्रीमतीलाई नै फोन गरेर बसपार्कमा बनेको घर बेचेर भए पनि लगानी गर्नुपर्छ भनेर बताएका थिए । यस्ता घटना धेरै खुल्दै आएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकासँग केही ल्यापटप र १७ थान क्यामरा बरामद गरेको प्रहरीले पैसा भने बरामद गर्न सकेन । रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेकोसमेत खुलेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उनीहरुका विषयमा विभिन्न क्षेत्रबाट उजुरी आइरहेकाले ठगी र सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।

ठगीको कर्तुत खुल्दै

उनीहरु पक्राउ परेपछि जाहेरी दिनेक्रम शुरु भएको छ । तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् । अन्य पनि सम्पर्कमा आउनेक्रम जारी रहेको भन्दै परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस्ता अबैध व्यवसायमा नफस्न सर्वसाधारणलाई अपिल गर्नु भएको छ । दुई जनाको मौखिक उजुरी आएकाले सोमबार जाहेरी दिने तयारी भएको परिसरले जनाएको छ । यसअघि पनि गोल्ड क्वेष्टजस्ता विभिन्न नेटवर्किङ कम्पनीले यसैगरी ठगेको थियो । 

पक्राउ पर्नेहरु

पक्राउ पर्नेमा भारतको इलाहाबादका ३१ वर्षीय मोहमद साइजिल, सोही ठाउँका ३३ वर्षीय अजितकुमार सिंह, भारत छतिसगढका ४५ वर्षीय नीरजकुमार मिश्र, उत्तरप्रदेशका ४३ वर्षीय अशोक कुमार र ३८ वर्षीय सुनिल उपाध्यय, सोनभद्रका ४० वर्षीय रमेश राम, गुजरातका २२ वर्षीय आयुश उपाध्यय, लखनउका ३२ वर्षीय, कसिफ सकिल, नयाँ दिल्लीका ४३ वर्षीय रसिद नसिम (मुख्य व्यक्ति), बेङ्लोरका ३५ वर्षीय महेन्द्र सिंह र भारतको सारामाइलका ३२ वर्षीय गजेन्द्रकुमार सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ