Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काठमाडौँ आउँदै गरेको एयर इन्डियाको विमान नेपालको दोश्रो एयरपोर्टमा अवतरण !

By साझासवाल

चैत ६, काठमाडौँ | एयर इन्डियाको एयरबस ए 320-214 विमान नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुको सट्टा सिमरामा अवतरण भएको खबर भारतको संचार माध्यम 'जागरण'मा समाचार छ । भारतको यो संचार माध्यम आधिकारिक संचार माध्यम मध्ये एक हो ।

एयर इन्डियाको एक विमान आइतबार नेपालको त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टमा अवतरण हुनुको सट्टा नेपालको अर्को बिमान स्थलमा अवतरण भएको समाचारमा उल्लेख छ । समाचार अनुसार उक्त विमान काठमान्डूको राजधानीमा रहेको त्रिभुवन विमानस्थलमा उत्रिनुपर्ने थियो । तर सिमरामै अवतरण गरियो । त्यहाँबाट फेरी उक्त विमान काठमाडौँ उडाईएको थियो ।

समाचारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राज कुमार छेत्रीलाई हवला गर्दै भनेको छ, 'एयर इन्डियाको विमान विहान ८ बजेर ५५ मिनेटमा काठमाडौँ स्थित विमान स्थलमा अवतरण हुनुपर्ने थियो । तर निर्धारित समयमा त्रिभुवन विमानस्थलको रनवेमा अवतरण नगरी बाराको निजगढ लगियो । पछि नौ बजेर ४५ मिनेटमा उक्त विमान त्रिभुवन एयरपोर्टमा ल्यान्डीङ गराइयो ।'

उक्त विमान काठमाडौँको सट्टा किन सिमरा लगेर अवतरण गरि पुन: काठमाडौँ ल्याइयो भन्ने बिषयमा एयर इन्डियाका प्रवक्ता धनन्जय कुमारले भनेका छन् कि कहिलेकाही यस्तो परिस्थितिवश सुरक्षालाई ध्यानमा राखेर पाइलटले निर्धारित एयरपोर्टमा अवतरण नगरी अन्यत्र अवतरण गर्न ठीक मान्छन् । यो त्यस्तै खालको एक घटना हो ।

सच्याइएको: प्राविधिक कारणले चैत २०७५ चैत ६ गते पोष्ट गरिएको समाचार लिंक सिस्टम मिलाउने क्रममा आइतबार पोष्ट भएकोले हाम्रा पाठकमा यो समाचारको कारण परेको भ्रमप्रति क्षेमाप्राथी छौं |