Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनि हाँसो गुञ्जिरह्यो

२०७६, २ असार सोमबार ०५:१२

 रामबहादुर थापा, असार २, बागलुङ । प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले पे्रक्षालय गुञ्जिन्छ ।

यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए । मज्जाले हाँसे । खुसी हुन सिके । “खुशीको अभिव्यक्ति हाँसो हो”, योगगुरु डा योगी विकासानन्दले भन्नुभयो, “हाँसोले समाज र परिवारलाई जोड्छ ।”

हाँस्ने मान्छेले दुनियाँलाई नियन्त्रण गर्ने उहाँको तर्क छ । “नहाँस्ने मान्छेलाई अरुले नियन्त्रणमा राख्छ”, योगगुरु विकासानन्दले भन्नुभयो । व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मानिसले हाँस्न बिर्सदै गएको उहाँको बुझाइ छ । “मानिसमात्र हाँस्ने प्राणी भएकाले हाँस्न बिर्से मानिस अन्य प्राणीसरह हुन्छ”, उहाँले भन्नुभयो ।

हाँस्दा शरीरमा एक प्रकारको ‘हर्मोन’ उत्पादन हुने र त्यसले तनाव कम गर्ने बताइन्छ । खुलेर हाँस्दा मानिसको पीडा र चिन्ता भाग्छ । फोक्सोमा ताजा हावा पुग्ने हुँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । हाँसोले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने योगगुरु विकासानन्दले बताउनुभयो । स्वस्थ र तनावमुक्त जीवन, व्यवसायमा सफलता, सकारात्मक ऊर्जा र सामाजिक सम्बन्ध विकासमा हाँसोले फाइदा पु¥याउने बताइन्छ ।

बिहीबारदेखि बागलुङ बजारमा शुरु भएको निःशुल्क योग शिविर शनिबार सकियो । सहभागी हाँस्दै बिदा भए । फर्किदाँ योगबारे धेरथोर ज्ञान र सीप लिएर गए । योग शिविरको चाँजोपाँचो मिलाएको हो, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले । मन्त्रालयको ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत चलेको शिविरमा ४०० भन्दा बढी सहभागी बने । शिविरमा १६ प्रकारका योगासनबारे योगगुरु विकासानन्दले प्रशिक्षण दिनुभयो । नसर्ने रोग र जीवनशैली व्यस्थापनबारेको प्रवचन पनि चल्यो ।

अनुहार होइन, चाल हेर्नुस्

प्रवचनकै क्रममा योगगुरुले मानिस अनुहारले नभई चालले सुन्दर हुने उल्लेख गर्नुभयो । ठट्यौली शैलीमा उहाँले भन्नुभयो, “बिहेवारीको लागि ज्वाइँ खोज्दै हुनुहुन्छ भने उसको अनुहार होइन, शरीरको चाल हेर्नुस् ।”

शरीरको चाल कम भएको तर मनको चाल बढी हुने मानिस रोगी हुने उहाँको भनाइ छ । “स्वस्थ हुनलाई शरीर चलायमान र मन स्थिर हुनुपर्छ”, उहाँले भन्नुभयो, “सफल मानिसले आकाशतिर हेर्दै हिँड्छ, असफल र तनावयुक्त मानिसले भुइँतिर हेर्छ ।”

शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी रहेको योगगुरु विकासानन्दले बताउनुभयो । नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उहाँले त्यसबाट बच्न ध्यान र योग साधनामा जोड दिनुभयो । “योगले रोगबाट त बचाउँछ नै सँगै यसले मानिसमा शान्ति, सुख र प्रेमको अनुभूति दिलाउँछ”, उहाँले भन्नुभयो । शरीर, आत्मा र मस्तिष्क शुद्धीका लागि हरेकले योगसाधनलाई अपनाउनुपर्ने उहाँको सुझाव छ । 

स्वस्थ जीवनयापनमा सघाउन योग शिविर राखिएको मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका अधिकृत नवीनकिरण भुुुुसालले बताउनुभयो । “मधमेह, उच्च रक्तचापजस्ता रोगका कारण अल्पायुमै ज्यान गुमाउनेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “यस्ता रोगबाट बच्न योगसाधनाले ठूलो टेवा पु¥याउँछ ।” ‘स्वस्थ जीवन’ अभियानमार्फत मानिसलाई स्वस्थ जीवनशैली, खानपान र व्यायमबारे प्रशिक्षित गर्ने गरिएको छ ।

बागलुङसँगै म्याग्दी र लमजुङमा योग शिविर सञ्चालन भइसकेको छ । नवलपुर र स्याङ्जामा शिविर राख्ने तयारी छ । मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको हो । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने उद्देश्य लिइएको छ । “नसर्ने रोगको औषधि नै योग हो”, योगी विकासानन्दले भन्नुभयो, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।”

संसारमा योगको उत्पत्ति पाँच हजार वर्षअघि भएको मानिन्छ । योगबारेको खोज सन् १९२० को शुरुआतमा भएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै