Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु (अपडेट)

२०७६, १९ श्रावण आईतवार १४:४०

एल पासो, संयुक्त राज्य अमेरिका, १९ साउन (रासस/एएफपी) । संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ ।

शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी २० जना मारिएको १३ घण्टा नबित्दै ओहाओको डेटनमा एक रात्रिकालिन मदिरालयबाहिर आइतबार नेपाली समय अनुसार १०ः४५ बजे एक बन्दूकधारीले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । दुबै घटनाको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।

आक्रमणकारीको प्रहरीले गरेको सुरक्षा प्रतिरक्षाका क्रममा मृत्यु भएको छ । पछिल्लो घटनामा २६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डेटनका नगर प्रमुख नान ह्वेलीले जनाएअनुसार आक्रमणकारीले शरीरमा कवच (ढाल) लगाएको र उच्च क्षमताको अत्याधुनिक बन्दूक बोकेको तथा थप बन्दूकहरू पनि साथमा लिएको भेटिएको छ ।

डेटनमा गोली चलेको एक मिनेटभित्र नै आक्रमणकारीमाथि सुरक्षा कारबाही भएकोले थप क्षति हुन पाएन, नगरप्रमुखले बताउनुभयो । 

ह्वेलीले भन्नुभयो, “डेटनमा आक्रमणकारीले गोली चलाएको क्षणभरमा नै प्रहरीले देखाएको शीघ्र प्रतिक्रियाबाट मलाई अचम्म लाग्यो । यदि प्रहरीले समयमै सुरक्षा कारबाही नचलाएको भए आक्रमणकारीले सयौँको ज्यान लिने सम्भावना थियो ।” नगर प्रमुखका अनुसार आइतबार भएको सामुहिक आक्रमण अमेरिकी इतिहासमा २५० औँ हो ।

वास्तवमा तर बन्दूक हिंसा रेकर्डबारे कार्यरत एका गैरसरकारी संस्थाले उक्त आक्रमणलाई २५१ औँ सामुहिक आक्रमण हो । संस्थाले चार वा सोभन्दा बढी व्यक्तिको मृत्यु हुनेगरी भएको आक्रमणलाई सामुहिक आक्रमणका रूपमा उल्लेख गरेको छ ।

“घटनापछि दुवै घटनास्थलमा अमेरिकी गुप्तचर निकायसहित सुरक्षाकर्मी पुगेको छ भने प्रहरीले घटनालाई लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ,” प्रमुख लेफ्टिनन्ट कर्नेल माट कार्परले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश