Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो

By साझासवाल

भदौ २४, काठमाडौं । सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।

बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो ।

जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।

जहाँ ज्यानै गयोः

धनुषा हंसपुर नगरपालिकाका प्रमुख–उपप्रमुख विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भदौ १८ गते मण्डलको मृत्यु भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।