मंसिर २७, काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ ।

बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने बताएको छ ।

गत वर्ष विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रशितशत रहने प्रक्षेपण गरेको थियो ।

सार्वजनिक प्रतिवेदनले यस अघि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धदर ६.४ हुने बताएपछि सरकारले असन्तुष्टि जनाएको हो । यस विषयमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदर कम आँकलन गरिएको बताए ।

उनले भने,‘नेपालले यस वर्ष ८.५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ अहिले नै सरकारले आर्थिक वृद्धिको लक्ष्यमा कुनै संशोधन गरेको छैन ।’ यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।

विश्व बैंकको प्रक्षेपणमा सरकारको असन्तुष्टि