२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ लाखको मोबाइलसहित पक्राउ

२०७६, २१ माघ मंगलवार १६:३७

माघ २१, काठमाडौँ | प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई आज नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयन मुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई  पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ । 

काँकडभित्ताबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१ ००६–ख ०२४७ नम्बरको बस जाँच गर्दा दुईवटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो । मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।

नागढुङ्गानमा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोँङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त सुटकेश जिम्मा लिनको लागि सम्बन्धित धनी गोँङ्गबु बसपार्कमा आउने जानकारी पाएपछि नागढुङ्गाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको प्रहरी टोली बसपार्क आएको थियो । सोही क्रममा बसपार्कमा सुटकेस लिन आएका उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार मूल्य रू २१ लाख ७३ हजार ५०० छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना