Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बस र जीप ठोक्किदा एक जनाको मृत्य

By साझासवाल

<p>माघ २५, राँझा । नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको थियो ।</p><p>जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।&nbsp; दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य छ जना सामान्य घाइते भएका छन् ।<br></p>