<p>असोज १०, काठमाडौँ | आज पछिल्लो २४ घण्टामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेको संख्या ७१ हजार ८२१ रहेको छ । <br></p><p>देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । ११ सय ४७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।</p>
१२ सय ७ जना कोरोना संक्रमित थपिए, ११ सय ४७ डिस्चार्ज
