Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एशियन अनलाइन बुद्धिचालमा नेपालका यी १० खेलाडीले भाग लिने

By साझासवाल

असोज १६, काठमाडौँ (रासस) । एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् ।

नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन् ।

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए । एशियाली बुद्धिचाल महासङ्घले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज  २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासङ्घले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसित प्रतिस्पर्धा गर्नेछन् ।