२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह

२०७८, ८ बैशाख बुधबार ०२:१४

बैशाख ८, काठमाडौं । आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको कार्यालयले जनाएको हो । अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापदण्ड पालन गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

विमानस्थल आवतजावत गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवन प्रवेश गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भीडभाड नगरी साङ्केतिक पाइला पछ्याउनुपर्नेजस्ता मापदण्ड पालना गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुले भने अनिवार्य प्रस्थान फारम भर्नुपर्ने र आन्तरिक हवाई यात्रुले आन्तरिक यात्रा फारम भरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा