Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सिन्धुपाल्चोकबाट चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गर्ने एक जना पक्राउ

By साझासवाल

चैत १६, सिन्धुपाल्चोक । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

चिरपट र ढुङ्गा प्रहार गरी ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।