Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कर्मचारीको तलब बढाउने तयारीमा सरकार, कति बढ्ला ?

By साझासवाल

जेठ ९, काठमाडौँ | सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  आर्थिक  वर्ष  २०७९/८०  को  बजेटमार्फत  कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।  पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन  लागेको  हो  ।

मन्त्रालयका  अनुसार  दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले भने  अर्थमन्त्री  जनार्दन  शर्मालाई  भेटेर  पाँच  हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेका थिए । तलब बढाउने सम्बन्धमा ट्रेड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने  गरी  तलब  बढाउने  प्रतिक्रिया  दिएको  मन्त्रालयले जनाएको थियो ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले  तलब  बढाउनुपर्ने  माग  कर्मचारीको  छ । भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने  हुँदा  तलब  बढाउने  सम्बन्धित  क्षेत्रका  जानकार बताउँछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।