भदौ २४, काठमाडौँ | पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरकाे हाे । हिमानी ट्रष्टकाे अध्यक्ष हिमानी शाहाकाे उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बाेत्तल, झाेला लगायतका सामग्री हस्तान्तरण गरिएको थियाे ।

दुधपाेखरि, मर्स्याङ्दी दाेर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुकाे उपस्थित रहेकाे थियाे । जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगाेस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमकाे आयाेजना गरेकाे ट्रष्टले जनाएकाे छ

पूर्वयुवराज्ञी हिमानी लमजुङका ९७ विद्यालयमा