२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने भन्ने व्यवस्था संशोधन गरिँदै

२०७९, २७ पुष बुधबार ०७:३३

पुस २७, काठमाडौँ | 'निजी झिटीगुन्टा' सम्बन्धी व्यवस्थाबारे यतिबेला भन्सार विभालले पुनर्वालोकन गरिरहेकाे छ।

पछिल्लो समय विदेशबाट फर्केका नेपालीहरूले एकभन्दा बढी मोबाइल फोन ल्याउँदा अनिवार्य रूपमा मूल्यको १८ प्रतिशत कर भन्सार विभागलाई बुझाउनुपर्ने विषयमा विरोध भएपछि उक्त व्यवस्थाबारे पुनर्वालोकन भइरहेको हो। 

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार हाल कार्यान्वयन भइरहेको व्यवस्थाबारे जनमासमा असन्तुष्टी र विरोध भएपछि त्यसलाई कसरी र कुन ढंगबाट सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ।


'विभागको सदस्यहरूबीच छलफल भइरहेको छ। निजी झिटीगुन्टा सम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्छ भन्ने कुरा छ,' उनले सेतोपाटीसँग भने, 'विभागको छलफल सकेपछि मन्त्रालयलाई प्रस्ताव पेश गर्छौं। मन्त्रालयले पुनर्विचार गरेर त्यसलाई संशोधन गर्ने हो।'

विभागका महानिर्देशक चक्रबहादुरका अनुसार विदेशबाट नेपाल फर्केका व्यक्तिहरूलाई कुन आधारमा एउटाभन्दा बढी मोबाइल फोन वा अन्य सामग्री भन्सार नतिरी ल्याउन दिने भन्ने विषयमा छलफल हुँदैछ। 

'विदेशबाट फर्किने सबै नागरिकलाई नयाँ व्यवस्था जारी गर्ने हो या कसरी अघि बढाउने भन्ने हुन्छ। यहाँ सबै भन्नाले विद्यार्थी, वैदेशिक रोजगारीमा गएका श्रमिक, घुमघामका लागि गएका नागरिकदेखि हरेक वर्गका मानिस पर्छन्,' उनले भने, 'अहिलेको व्यवस्था संशोधन गर्न भने जस्तो सहज छैन। विभागले प्रस्ताव पठाउनै केही समय लाग्छ।'

यसरी विभागले पठाएको प्रस्तावको आधारमा अर्थ मन्त्रालयले व्यवस्था संशोधन गर्ने हो। अर्थ मन्त्रालयका अर्थ सचिव तोयम रायका अनुसार विभागले प्रस्ताव गरेसँगै मन्त्रालयले उक्त प्रस्ताव पारित गर्ने हो वा होइन भन्ने निर्धारण गर्छ। 

'विभागको प्रस्तावलाई कतिको व्यवहारिक छ/छैन भन्ने विचार गरेर हालको व्यवस्था संशोधन हुन्छ,' उनले भने, 'अहिलेको व्यवस्थाबारे धेरैको असन्तुष्टि छ। यसबारे एकपटक संशोधन गर्न आवश्यक पनि देखिएकै हो।'

हाल भइरहेको जाँच र कडाइ २०७७ जेठ १५ गते सार्वजनिक राजपत्रमा प्रकाशित व्यवस्था अनुसार लागू भइरहेको छ।

राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार अहिले कर नतिरी जम्मा एउटा मात्र फोन ल्याउन पाइन्‍छ। सोभन्दा बढी फोन ल्याउन चाहेमा थप फोनको भन्सार शुल्क अनिवार्य तोकिएको छ।

सार्वजनिक नेपाल राजपत्रको भाग ५ परिच्छेद-१ को उपदफा १ अन्तर्गत पहिलो सूचीमा 'विदेशबाट फर्केका नेपाली यात्रुका लागि भन्सार महसुल छुट हुने' शीर्षकभित्रको १ (ङ) मा लेखिएको छ- ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडिओ क्यामरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ एक-एक थान। तोकिएभन्दा बढी सामग्री ल्याएमा के गरिन्छ भन्ने व्यवस्था उपदफा २ मा उल्लेख छ।

उक्त व्यवस्थाबारे चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल यो व्यवस्था लागू नगर्न मौखिक निर्देशन दिएका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई यो व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। 

मन्त्रालयबाट विभाग र त्यस मातहातका कार्यालहरूमा मौखिक रूपमै निर्देशन जारी गरियो। तर यसलाई कतिको आधिकारिक मान्ने/नमान्ने भन्ने प्रश्न उठ्यो। त्यसैले कार्यालयहरूले लिखित रूपमा औपचारिक निर्णय नआएसम्म राजपत्रअनुसार नै व्यवस्था कार्यान्वयन गर्‍यो। 

यसै विषयमा विभिन्न टिकाटिप्पणी भएपछि यतिबेला भन्सार विभागले हालको व्यवस्था संशोधन गर्न आफ्नोतर्फबाट प्रस्ताव तयार गरिरहेको हो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित