फागुन १८, काठमाडौँ | विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन् ।

मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी महिलालाई ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी थिइन् ।

नेपालमा क्लिनर, वेट्रेस लगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर पीडितलाई नेपालमा ल्याएर नतासाले आफु बसेको होटलमा राख्ने गरेको दाबी गरिएको छ ।

ब्यूरोका अनु्सार नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग शारीरिक सम्बन्धमा लगाउने गरेकी थिइन् । दैनिक ५÷६ जनासम्मसँग सम्बन्ध राख्न लगाउने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिरामी भएर स्वदेश फर्कन लागेकी अफ्रिकी महिलाले गरेको उजुरीका आधारमा घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी नतासामाथि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

विदेशबाट महिला ल्याएर ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ