जेठ १२, काठमाडौँ | भारतमा कोरोना संक्रमणको पछिल्लो अवस्थालाई हेर्ने हो भने संक्रमितको सूचीमा विश्वको १० औं देश अन्तर्गत छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ३८ हजार ५३६ जना कोरोना संक्रमित छन् जसमध्ये ४ हजार २४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाईसरको संकटबिरुद्ध लड्न लकडाउन समेत लागू छ । यसैबीच आज २५ मेदेखि आन्तरिक हवाई उडानको शुरुवात हुँदैछ । दुई राज्यबाहेक पुरै भारतमा सोमवारदेखि घरेलु उडान सेवा फेरी शुरू हुनेछ ।

आजदेखि आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक पुरै भारतमा घरेलु विमान सेवा सुरु हुँदैछ । भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंहले यसै विषयमा ट्वीट गर्दै भनेका छन्, 'देशमा नागरिक उड्डययन कार्य सिफारिश गर्नको लागि विभिन्न राज्यसँग कुराकानीको एक लामो दिन रह्यो । आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक सोमवारदेखि भारतभर घरेलु उडानहरुको सुरुवात हुनेछ ।' उनले बताए अनुसार बाँकी दुई राज्यमा समेत २६ मे र २८ मे देखि हवाई उडान सुरु हुनेछ ।

यसै बिषयमा भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंहले बताएका छन्, 'तमिलनाडुमा चेन्नईको लागि अधिकतम २५ अराइभल फ्लाइट्स हुनेछ तर डिपार्चरको कुनै सीमा तोकिएको छैन ।'

भारतमा करीब दुई महीना पछि घरेलु उडान टेकअफको लागि एयरपोर्टमा बिशेष तयारी गरिएको छ । एयरपोर्टमा नयाँ नियम र कानुनको साथै धेरै कुरामा हेरफेर गरिएको छ । एयरपोर्टमा दुई मिटरको दूरी र टचलेस सिस्टम पछ्याउनुपर्ने नियम छ ताकि मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउन सकियोस् ।

भारतमा महामारीका बीच बंगाल र आन्ध्र प्रदेशबाहेक सबै ठाउँमा हवाई सेवा शुरू