<p><b>पुस ३, काठमाडौँ |</b> एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।<br></p><p>घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो ।</p><p>यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।–सिन्ह्वा</p>
विवाहमा हिँडेकाे बस दुर्घटनाग्रस्त, कम्तीमा ९ जनाकाे मृत्यु !
