नन्द बहादुर ऐडी/पुस १३, काठमाडौँ । स्वयमसेवी नेपालले एक दशकमा सम्पन्न गरेका एकिकृत विकास कार्यक्रमहरुको छलफल तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर ऐडी/पुस १३, काठमाडौँ । स्वयमसेवी नेपालले एक दशकमा सम्पन्न गरेका एकिकृत विकास कार्यक्रमहरुको छलफल तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । 

2026-08-07 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीतपुरफेदीमा स्वयमसेवी नेपालको एक दशक


नन्द बहादुर ऐडी/पुस १३, काठमाडौँ । स्वयमसेवी नेपालले एक दशकमा सम्पन्न गरेका एकिकृत विकास कार्यक्रमहरुको छलफल तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । 

तारकेश्वर नगरपालिका वडा नं ७ अन्र्तगतको जीतपुरफेदीको ठुलोखोला स्थित स्टोन रिसोटमा आयोजित सो समिक्षा गोष्ठीमा स्वयमसेवी नेपालले स्थापना कालदेखि हाल सम्म सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा छलफल गरिएको हो । 

सो गोष्ठीमा तारकेश्वर नगरपालिकाको शाखा अधिकृतद्धय कृष्ण प्रसाद रिजाल र राधेश्याम फुयाल, ईन्जिनियर सविन मर्हजन, तारकेश्वर नगरपालिका वडा नं ७ र ८ अन्र्तगतका वडा सचिव, सामाजिक परिचालक विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी, उत्तरी भेगमा स्वयमसेवी नेपालले कार्यक्षेत्र बनाएको विद्यालयहरुका प्रधानाध्यापक, महिला समूहका सदस्यहरुको सहभागीता रहेको थियो ।

वि.स.२०६२ सालमा स्थापित स्वयमसेवी नेपालले स्थापना कालदेखि नै जीतपुरफेदीलाई कार्यक्षेत्र बनाउँँदै आएको छ । पछिल्लो समयमा रसुवा र ओखलढुङगामा पनि कार्यक्षेत्र विस्तार गरेको छ । सहभागीतामूलक सम्वृद्ध नेपाल बनाउँने परिकल्पनाका स्थाथ स्थापित स्वयमेवीले जीतपुरको समग्र विकासलाई सहयोग गरेको छ । 

महिला शसक्तिकरण, बाल विकास, युवा विकास, जनस्वास्थ्य,  र विपद व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको स्वयमसेवीले शिक्षा स्वास्थ्य, बातावरण, वित्तीय र पूर्वाधारका कार्यक्रम गरी समुदायलाई शसक्तिकरण गर्ने काम गरेको छ । 

महिलालाई सामाजिक र आर्थिक रुपमा शसक्त बनाउँने ध्येयका साथ एक सय वटा महिला समूह निर्माण गरेको र सो समूहमा ७७४ जना महिला सदस्य रहेको छन् । यस्तै गरी एक सय ५० भन्दा बढि महिलाहरुले विभिन्न सीपमूलक तालीम लिई स्वारोजगार भएका छन् भने तीन सय ३० भन्दा बढी महिलालहरुलाई अनौपचारी शिक्षाका साथ कम्प्यूटर शिक्षा प्रदान गरेको छ । 

बालबालिकाहरुको शारिरीक, मानसिक र सिर्जनशीलताको विकास गर्ने खालका विद्यालयमा आधारित कार्यक्रम गरेको छ । 

विद्यालयहरुमा बाल क्लब गठन, बालमैत्री भौतिक संरचनाको निर्माण, छात्रवृत्ति, सरसफाई, स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री प्रदान, अभिभावक र शिक्षकहरुलाई अभिमुखीकरण तालीम लगायतका कार्यक्रम गरेको छ । 

युवाको क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाउँनको लागि कुक तालीम, वर्कशप सम्बन्धी तालीम प्रदान गरेको छ । जनस्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयहरुमा स्वास्थ्य शिविर सञ्चालन,खानेपानी तथा सरसफाई, ४१२ वटा चर्पी निर्माण, प्राथमिक उपचारका तालीम प्रदान गरेको छ । 

विपद्ध व्यवस्थापन अन्र्तगत भूकम्प प्रतिरोधात्मक घर निर्माणको लागि जनचेतना, पाल वितरण, समूहका सदस्यहरुलाई आकस्मिक सहायता रकम प्रदान, बालबालिकाहरुको लागि चिल्ड्रेन क्याम्प, एक सय ९९ वटा अस्थाई टहरा निर्माण गरेको छ । 

स्वयमसेवी नेपालले तारकेश्वर नगरपालिकाको जीतपुरफेदीमा स्वयमसेवाको काम गर्दै आएको छ । चार सय भन्दा बढि स्थानीय स्वयमसेवक निर्माण गर्न सफल स्वयमसेवी नेपालले विभिन्न देशका विदेशी नागरिकहरुलाई ल्याएर स्वयमेवाको काम समेत गराएको छ । जीतपुरफेदीको समग्र विकासलाई टेवा पु¥याएको स्वयमसेवी नेपालले सो क्षेत्रमा कदरयोग्य काम गरेको छ । 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धतामा आशावादी छौँ : खुस्बु ओली प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने संसद्‍मा आज पनि विपक्षीको विरोध बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु शुक्रबार सुनचाँदीको मूल्य बढ्यो टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न