ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा स्थानीय तह निर्वाचनमा एमालेलार्इ जिताउन कमाण्डर परिचालन । को को कहाँ खटिए ? पढ्नुस्

११ चैत्र २०७३, शुक्रबार १६:०८

ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र सहसंयोजक तोक्ने काम साँतौ पूर्ण बैठकले गरेको छ । एमाले जिल्ला कार्यालयमा भएको पत्रकार सम्मेलनमा गाउँ पालिका संगठन कमिटी र नगरपालिका संगठन कमिटी निर्माण र निर्वाचन परिचालनका लागि कमाण्डर तोक्ने काम भएको एमाले जिल्ला सचिव शंकरबहादुर कट्वालले जानकारी दिए । उनका अनुसार तोकिएका पार्टी कमाण्डरहरुले संगठन विस्तार भेला र संभावित उम्मेदवार कमिटीमा छलफल गरि जिल्ला पार्टीलाई सिफारिस गर्ने पनि जानकारी दिए ।
यस्ता छन् सात गाउँ पालिका र नगरपालिकाका कमाण्डर 
सिद्धिचरण नपा
सिद्धिचरण नगरपालिका सदरमुकाम समेत रहेको नगर हो । सबैभन्दा धेरै मतदाता रहेको नगरपालिकामा पार्टीका नेता मेखबहादुर खड्कालाई संयोजक तोकिएको छ । सह संयोजक रुम्जाटारबाट सोभितमान गुरुङ रहेका छन् । एमालेको संगठन परिचालनमा दुवै जुझारु मानिन्छन् । गुरुङ पार्टी काममा अतिरिक्त व्यवसायमा संलग्न छन् भने खड्का अवकाश प्राप्त निजामति कर्मचारी हुन् ।
चिसंखुगढी गाउँ पालिका
जिल्लाको पूर्वी भेगको यो गाउँ पालिकामा साविकको सात गाविस छन् । यो गाउँपालिकामा एमालेले पुराना कम्यूनिष्ट नेता मेघजंग राईलाई कमाण्डर बनाएको छ । पाका तर जुझारु राई मजदुर आन्दोलनबाट राजनीतिमा आएका पूर्वकै पुराना कम्यूनिष्ट हुन् भने सह संयोजकमा मगर समुदायका भदौरैका भीम बहादुर मगर रहेका छन् । दुवै जना पार्टीमा जिल्ला कमिटीमा सचिवालय सदस्यको भूमिका निर्वाह गरेका छन् ।
खिजीदेम्वा गाउँ पालिका
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँ पालिका जनजाति समुदाय बाहुल्य रहेको क्षेत्र हो । यो गाउा पालिकामा एमालेले पुराना र त्यागी नेता कोपबहादुर सुनुवारलाई तोकेको छ । सह संयोजकमा मेखबहादुर गुरुगं रहेका छन् । दुवै त्यस भेगमा स्थापित र इमान्दार नेताका रुपमा परिचित छन् ।
लिखु गाउँपालिका
लिखु गाउँ पालिकामा एमालेले युवालाई कमाण्डर बनाएको छ । जिल्ला सदस्य रामकुमार अछामीले यसको कमाण्ड सम्हाल्ने छन् । त्यस्तै सह–संयोजकमा शुकबीर तामाङ छन् । दुवै जना एमालेका स्थापित कार्यकर्ता हुन् ।
चम्पादेवी गाउँपालिका
चम्पादेवी गाउँ पालिकामा रञ्जीत धमला तोकिएका छन् भने सह संयोजक पलापुका युवा रविन मगर छन् । जातिगत सन्तुलन मिलाएर एमालेले कमाण्डर तोकेको जनाएको छ ।

मोलुगं गाउँपालिका
यो गाउँ पालिकामा युवा कमाण्डरहरु रहेका छन् । अजूर्न धमला संयोजक रहेका छन् भने हरिकुमार राई सह संयोजक छन् । यो गाउँ पालिका लजविद्युत उत्पादनको प्रचुर संभावना बोकेको मोलुगं खोला रहेको छ । यो गाउँ पालिकाको समृद्धिको आधार कृषि र जलस्रोत रहेको एमालेको ठम्याइ रहेको छ ।
सुनकोशी गाउँपालिका
यो गाउँ पालिकामा पुराना, इमान्दार नेता नरबहादुर कट्वाललाई संयोजक तोकिएको छ । सह संयोजक पञ्चबहदुर तामागं रहेका छन् । दुवै पाका नेता हुन् ।
मानेभञ्ज्याङ गाउँपालिका
यो गाउँ पालिकामा यानबहादुर मगर संयोजक रहेका छन् । सह संयोजक भक्तबहादुर कार्की छ । जनजाति बाहुल्य रहेको यो गाउँ पालिकामा गाउँपालिका मध्यै सबैभन्दा धैरै जनसंख्या रहेको छ ।
एमालेले निर्वाचन परिचालनमा कमाण्डर मात्र तोकेको छैन । सिमानामा भारतीय सुरक्षाफोजले नेपालीको हत्या गरेको, एमालेको अभियानका विरुद्ध  प्रतिकारका घटनाको भत्र्सना गरेको छ । भने सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा होमिन निर्देशन दिएको छ । आगमी निर्वाचन शान्तिर्पूण, धाँधलिरहित र स्वच्छ प्रतिपस्र्धामा गर्न सबै पक्षसँग अपिल गर्दै मतदाताहरुलाई एमालेको सरकारका पालामा आफ्नो गाउँ आफै बनाऔं अभियानले शुरु गरेको विकेन्द्रिकरण अव संघीयतामा रुपान्तरण गर्दै मजबुद बनाउन एमालले जित्नु आवश्यक भएकाले एमालेका उम्मेदवारलाई मतदान गर्न औपचारिक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ