Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
April 9, 2023 समाज

बलात्कार मुद्धमा बयान फेर्ने युवतीलाई एक वर्ष कैद

By साझासवाल

<p><b>चैत २६,&nbsp;रुकुम&nbsp;| </b>बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने रुकुम पश्चिमकी एक युवतीलाई जेल चलान गरिएको छ।&nbsp; आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी युवतीले अदालतमा बयान फेरेपछि परिवर्तित नामथर वतन रुकुम (५४) राखिएकी ती युवतीलाई जिल्ला अदालत रुकुम पश्चिमले एक वर्ष कैद सजायका साथै एक हजार रुपैयाँ आर्थिक जरिवाना गरेको थियो।<br></p><p>प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै रुकुम जिल्ला अदालतले २०७५ असार २० गते पीडित भनिएकी युवतीलाई एक महिना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो। जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत सुर्खेतले २०७५ फागुन ६ गते सदर गरेसँगै उनी फरार रहेकी थिइन्।</p><p>जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फरार ती युवतीलाई चार वर्षपछि गत शुक्रबार पक्राउ गरेर रुकुम जिल्ला अदालतमा बुझाएको थियो। प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठले अदालतको आदेश अनुसार नै पक्राउ गरेर कारागार चलान गरिएको बताए। ती युवतीले २०७९ चैत्र २४ गतेदेखि २०८० बैशाख २३ गतेसम्म कैद भुक्तान गर्ने बताईएको छ।&nbsp;</p>