Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
May 13, 2023 समाज

धादिङमा गुडिरहेको बसमा एक्कासी आगलागी

By साझासवाल

<p><b>बैशाख ३०, काठमाडौँ |</b> धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौँ आउदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी–९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ।<br></p><p>बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।</p><p>बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जानकारी दिएको छ । दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।</p>