२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

२०८०, ४ जेष्ठ बिहीबार ०९:३६

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले विगतमा भएका घटना बिर्साउने प्रयास भइरहेको पनि बताएका छन् । 

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले गरेको प्रश्नको जवाफमा विगतमा भएका बीभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।


सांसद साहले गौर हत्याकाण्डको छानबिनका लागि प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डसहित दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाको छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । 'गौर हत्याकाण्डको कुरा उठाउनुभयो । म चाहिँ के पक्षमा छु भने विगतका ती सबै बीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दद्धछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा बिभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ,' उनले भने, 'अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइराखेको छ त्यसलाई हामीलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्दछु । मदान-आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ भन्ने ठान्छु ।'

यी विषयमा सबैले परामर्श गर्नुपर्ने पनि दाहालको भनाइ थियो । ती विषयमा सबैले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने प्रधानमन्त्रीले बताए । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।

दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।

रौतहटको गौरमा २०६३ चैत ७ मा घटना भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकैदिन रौतहटको गौर नगरपालिका-५ स्थित राइस मिल्सको चौरमा आमसभा आयोजना गरेका थिए । सोही क्रममा २७ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस