२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हर्क बालेनसँग भिडाएर भ्रम छर्ने काम भईरहेको छ: सभापति लामिछाने

२०८०, ९ असार शनिबार ०९:४४

असार ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी नेताहरुलाई हर्क बालेनसँग भिडाएर को राम्रो भन्दै भ्रम छर्ने काम भइरहेको बताएका छन् ।


शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि परिवर्तनकारी नयाँ-नयाँ शक्तिबीच भिडाएर परिवर्तन नचाहने शक्तिहरुले फाइदा लिन खोजिएको बताएका छन् । लामिछानेले भ्रम छर्न काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि आरोप लगाउने काम भइरहेको बताए । उनले आफू र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै २०८४ को निर्वाचनमा एक-एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे । 

लामिछानेले हर्क, बालेन र आफूले आ-आफ्नो ठाउँबाट देशको सकारात्मक भविष्यको लागि भूमिका खेलेको बताए । आफूहरु बीच कुनै प्रतिष्पर्धा नभएको सभापति लामिछानेले बताए । 


नागरिकका मुद्दाहरूमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाब ब्याजसहित जनतालाई देखाउने उनको भनाइ छ । उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे । नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरूमाथि आफूहरूको कुनै लडाइ नरहेको उनले स्पष्ट पारे । उनले आफूहरूको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गरे । 

कार्यक्रमकै बीच सनिबार धादिङ काठमाडौं सम्पर्क विभाग समेत गठन भएको छ । जिल्ला अन्तर्गत १३ स्थानिय निकायकै काठमाडौँ सम्पर्क कमिटि गठन भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा