Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 4, 2023 समाज

‘मेमोरी किङ’ शर्मालाई प्रधानमन्त्रीले दिए बधाई

By साझासवाल

असार १९, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए।

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गरेका हुन् । उनले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिन्छन् । थप विश्व रेकर्ड कायम गर्ने अठोट गर्नुभएका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आएका छन् ।

स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गरेका छन् । शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।

शर्माले भने, ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।’