Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 15, 2023 समाज

यस्तो छ आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

By साझासवाल

असार ३०, काठमाडौँ | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुका  कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।