ललिता निवास जग्गा प्रकरण: आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा, अब भोलि (बुधबार) सुनवाइ

साझासवाल
1 Min Read

<p><b>साउन २, काठमाडौँ | </b>ललिता निवास जग्गा प्रकरणमा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भोलि (बुधबार) का लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ आज (मंगलबार)सम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो ।&nbsp;<br></p><p>सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा उक्त दिन सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखी मंगलबारका लागि पेशी तोकिएको थियो । तर मंगलबार पनि सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । अब बुधबार पनि सोही इजलासमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुनेछ ।&nbsp;</p><p>सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।&nbsp;</p>

Leave a Comment

Leave a Reply