विमानस्थलबाट बरामद् भएको सुनमा मेरो संलग्नता छैन: दीपक मल्होत्रा

साझासवाल

साउन ४, काठमाडौँ | व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।

राजश्व अनुसन्धान विभागले हिजो (मंगलबार) भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । उनले उक्त समाचारप्रति आफ्नो आपत्ति जनाएका छन् ।

मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् ।

Leave a Comment

Leave a Reply