२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकलको ठक्करबाट एक ८ वर्षीया बालिकाको मृत्यु

२०८०, ११ श्रावण बिहीबार ०३:३६

साउन ११, सर्लाही | सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । 

नम्बर नखुल्नको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनीषा कुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनीषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा लगियो । उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षीया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक फेला परेका छैनन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले मोटरसाइकलको खोजी जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै