साउन २२, कैलाली | कैलाली र कञ्चनपुरमा साढे १२ लाख बढीको अवैध सामान बरामद गरिएको छ ।

प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ६९ हजार र कञ्चनपुुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरबाट जिपसहित १० लाखको अवैध सामान बरामद गरिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाका ३, ७, १२ तथा भजनी नगरपालिकाको वडा नम्बर ३ बाट दुई लाख ६९ हजार आठ सय रुपैयाँ बराबरका चिनी, लेडिज सुट, धोती, अचार, सेतो प्लाष्टिक, दुई वटा मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको छ ।

अवैध सामान ल्याइरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-१० बस्ने २२ वषर्ीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिइएको छ ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरस्थित राजमार्गबाट आईतवार राती म१च ६९५ नम्बरको बोलेरो जिपमा अवैध रुपमा ल्याइएका पाँच सय वटा कुखुरा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले भीमदत्त नगरपालिका-११ बस्ने ४० वषर्ीय शेरसिंह खडकालाई समेत नियन्त्रणमा लिएको छ ।

अवैध कुखुरा र जिप समेत गरेर १० लाखको मूल्यांकन गरेर प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएकमो जनाएको छ ।

कैलाली र कञ्चनपुरमा साढे १२ लाखको अवैध सामान बरामद, २ जना पक्राउ