Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 7, 2023 समाज

ललिता निवासबारे निर्णय हुँदा आफु मन्त्री नभएको नेता चन्द्रदेव जोशीको प्रष्टीकरण

By साझासवाल

साउन २२, काठमाडौँ | वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका छन् ।

८५ वर्षीय बयोवृद्ध नेता जोशीले सोमबार प्रेस विज्ञप्तिमार्फत् २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका छन् ।

जोशीले त्यसअघि नै असोज ४ गते आफूले मन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै मन्त्रिपरिषद्‌मा सामाजिक समितिमा सो प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको दाबी गरेका छन् ।

उनले यसअघि अदालतको मानहानी हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सहमतिमात्र दिएको भन्दै निर्णय प्रक्रियामा सहभागिता नरहेको प्रष्ट पारेका छन् ।

जोशी तत्कालीन नेकपा संयुक्तबाट डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । सोही आधारमा उनलाई समेत अख्तियारले पनि मुद्दा चलाएको थियो । जीवनको ७ दशक निष्ठाको राजनीति गरेका जोशीका लागि उत्तरार्धमा मन्त्री बन्नु नै अभिशाप बनेको छ ।