Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 10, 2023 समाज

भाइ बुहारीको हत्या आरोपमा फरार रहेका जेठाजु ५ दिनपछि मृत भेटिए

By साझासवाल

<p><b>साउन २५, सल्यान | </b>सल्यानमा भाइ बुहारीको हत्या आरोपमा फरार रहेका जेठाजु ५ दिन पछि मृत अवस्थामा भेटिएका छन् । पाँच दिन अघि सल्यानको शारदा नगरपालिका १४ की ४७ वर्षीया प्रमीला गिरीको हत्या गरेको आरोप लागेका सोही ठाउँका ५५ वर्षीय जेठाजु वीर बहादुर गिरी&nbsp; आज (बिहीबार) मृत अवस्थामा भेटिएका हुन ।<br></p><p>बुहारीलाई घाँस काट्न&nbsp; गएको मौका छोपी उनले साउन २१ गते बिहान मकैवारिमा घाटी रेटी हत्या गरेर फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले सोही दिनदेखि खोजी कार्य जारी राखेको थियो । उनी ५ दिन पछि घर नजिकै तुसारे स्थित मानिस नबस्ने एक घरमा झुन्डिएको अवस्थामा बिहीबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ&nbsp; ।</p><p>२१ गते बिहान घाँस काट्न न गएकी प्रमीला घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन । जेठाजु नाता पर्ने वीर बहादुरलाई परिवारले किटानी जाहेरी दिएपछि उनी फरार हुँदै आइरहेका थिए ।</p>