Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 31, 2023 समाज

भक्तपुरमा एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने एकजना पक्राउ

By साझासवाल

<p><b>भदौ १४, काठमाडौँ | </b>भक्तपुर नगरपालिका- १० कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा दाङ बबई गाउँपालिका- २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।<br></p><p>प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।</p><p>उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>