भदौ २१, काठमाडौँ | नेपालको व्यवसायिक घराना चौधरी ग्रुप र भारतको व्यवसायिक घराना अदानी ग्रुपबीच सिमेन्ट व्यवसायको अभिवृद्धिका लागि रणनीतिक साझेदारी हुने भएको छ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्टमा नयाँ शुरुवात गरेका हुन्।

चौधरी ग्रुपका अनुसार नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले समझदारी गरिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्तगर्दै यो सहमतिदुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताए।

‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ प्रवन्ध निर्देशक चौधरीले भने।

नेपालमा भएको सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडी बढ्ने भएका छन।

साझा मूल्य मान्यता र आकांक्षा प्रतिबिम्बितगर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छन्।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे।

उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्व दिई भूमिका खेलेको बताए।

हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले सहयोग गरेका थिए।

अदानीग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने छ।

चौधरी ग्रुपले नेपालमा एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरुमाबलियो उपस्थिति रहेको छ।

चौधरी ग्रुप र अदानी ग्रुपबीच साझेदारी : नेपाली सिमेन्ट भारतमा निर्यात गर्ने