Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
October 5, 2023 समाज

बचतकर्ताको साढे चार करोड रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

By साझासवाल

असोज १८, काठमाडौँ | देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेको सञ्चालक समितिका अध्यक्ष पक्राउ परेका छन्।

शेयर सदस्यहरुको रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका अध्यक्ष काभ्रपलान्चोकको चौरी देउराली गाउँपालिका–६ का ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेका हुन्।

सञ्चालक समितिका सदस्यहरुले क्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाएर  निक्षेपकर्ताको रकम सहकारी मुद्दति, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै सदस्यहरुले जाहेरी दिएका थिए।

आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी बचतकर्ताहरुको चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा अध्यक्ष चौलागाई पक्राउ परेका हुन्।

मंगलबार पक्राउ परेका अध्यक्ष चौलागाईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले उक्त सहकारीबाट पीडित शेयर सदस्यहरुलाई प्रहरीसँग सम्पर्क राख्नसमेत अनुरोध गरेको छ।